काठमाडौं- फिनल्याण्डको अग्रणी ह्याकाथन आयोजक संस्था Hackjunction र काठमाडौंस्थित फिनल्याण्डको दूतावासअन्तर्गत Team Finland को सहकार्यमा, SUMS Nepal ले आगामी २९ देखि ३१ मे २०२६ सम्म AITM College, खुमलटार, काठमाडौंमा ३ दिने ह्याकाथन — JunctionX Kathmandu: FinnoFest 2026 — आयोजना गर्न लागेको छ। Cogknit Finland को सहयोगमा सञ्चालित यो तीन दिने महोत्सवमा ३०० भन्दा बढी प्रतियोगीहरूले सहभागिता जनाउनेछन्।
नेपालका तीन आर्थिक स्तम्भमा केन्द्रित
यस आयोजनाको मूल उद्देश्य: नेपालका तीन प्रमुख आर्थिक क्षेत्रमा व्यावहारिक समाधान खोज्दै, नवप्रवर्तन र प्रविधिको उच्चस्तरिय कार्यन्वयनलाई बढावा दिनु हो । Hitech , hospitality and heritage, hydropower and sustainable energy गरी तीन ट्र्याकमा विभाजन गरिएको यस ह्याकाथनमा प्रतियोगी हरुले २४ देखी ३६ घण्टा चुनौतीको सामना गर्नेछन् । प्रत्येक ट्र्याकमा विशेषज्ञहरूको मार्गदर्शनमा वास्तविक चुनौतीहरूका लागि समाधान निर्माण गरिनेछ।
आयोजनाले नेपाल पर्यटन बोर्ड (NTB) लाई Hospitality and Heritage ट्र्याकमा, Kathmandu University Turbine Testing Lab (TTL) लाई Hydropower and sustainable energy ट्र्याकमा, र eSewa लाई Hitech ट्र्याकमा प्रमुख सहयात्री संस्थाको रूपमा समेटेको छ।
अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रविधि दिग्गजहरूको सहभागिता
यस आयोजनामा Lovable, ElevenLabs, AWS User Group, र Google Developers Group जस्ता अन्तर्राष्ट्रिय प्रविधि संस्थाहरूका साथै eSewa, Worldlink, Programiz, Xtreme, Ather Energy, र Khajurico जस्ता राष्ट्रिय उद्योगका प्रमुख कम्पनीहरू साझेदारको रूपमा सहभागी छन्। यस साझेदारीले प्रतिभागीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेटवर्किङको अभूतपूर्व अवसर प्रदान गर्नेछ।
ह्याकाथनसँगै प्यानल सत्र, कार्यशाला र करिअर एक्सपो
तीन दिनसम्म ह्याकाथनका साथसाथै विभिन्न प्यानल छलफल, कार्यशाला तथा सेमिनार, र अन्तर्राष्ट्रिय करिअर एक्सपो सञ्चालन गरिनेछ। फिनल्याण्डका विश्वविद्यालय, उद्योग नेतृत्वकर्ता, र नीति निर्माताहरूसँगको प्रत्यक्ष संवादमार्फत नेपाली विद्यार्थी र पेशेवरहरूले आफ्नो वैश्विक नेटवर्क विस्तार गर्ने अवसर पाउनेछन्।
विजेता टोलीलाई हेलसिन्की, फिनल्याण्डमा प्रतिस्पर्धाको अवसर
यस ह्याकाथनका विजेता टोलीहरूले अक्टोबर २०२६ मा हेलसिन्की, फिनल्याण्डमा हुने विश्वव्यापी ह्याकाथन प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने सुनौलो अवसर पाउनेछन्, जहाँ ३० भन्दा बढी देशहरूका टोलीहरूसँग प्रतिस्पर्धा हुनेछ। उक्त यात्राको सम्पूर्ण खर्च आयोजक टोलीले व्यहोर्नेछ।
SUMS Nepal को दृष्टिकोण
SUMS Nepal का अनुसार यो आयोजना नेपालको शिक्षा जगत, उद्योग, र सरकारबीचको खाडल पुर्न एक महत्त्वपूर्ण पहल हो। संस्थाले Entrepreneurship, Empowerment र Employability — यी तीन E हरूलाई आधार बनाई नेपाली प्रतिभाहरूलाई वैश्विक मञ्चमा स्थापित गर्ने लक्ष्य राखेको छ। JunctionX Kathmandu त्यही दर्शनको प्रत्यक्ष अभिव्यक्ति हो — एउटा यस्तो प्लेटफर्म जहाँ कम छलफल, बढी नवप्रवर्तन हुन्छ।
प्रतिक्रिया