एमाले सचिवालय बैठक बस्दै, आज ओलीले जवाफ दिने

आइतबार, १० जेठ २०८३, ०९ : ४७

काठमाडौं– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११ः३० बजे बैठक सुरु हुनेछ । 

शनिबार नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको हो ।  बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने भएका छन् । 

शुक्रबार र शनिबार बोल्ने अधिकांशले अध्यक्ष ओलीको आलोचना गर्दै राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । 

 
 
आइतबार, १० जेठ २०८३, ०९ : ४७

प्रतिक्रिया