अपडेट

साताको पहिलो दिन सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

आइतबार, १० जेठ २०८३, ११ : ०२

काठमाडौं– नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

महासंघले सार्वजनिक गरेको नयाँ दरअनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी आज १०५ रुपैयाँले घटेर प्रतितोला ५ हजार १० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

त्यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार २ सय ९५ रुपैयाँ कायम गरिएको छ।

 
आइतबार, १० जेठ २०८३, ११ : ०२

प्रतिक्रिया