अपडेट

सुनचाँदीको मूल्य बढ्यो, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सोमबार, ११ जेठ २०८३, १० : ४८

काठमाडौं– स्थानीय बजारमा आज सुन तथा चाँदी दुवैको मूल्य वृद्धि भएको छ। अघिल्लो कारोबारको तुलनामा सुनको भाउ उल्लेख्य रूपमा बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर २ लाख ९२ हजार ८ सय रुपैयाँ पुगेको छ। यसअघि सुन २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्यमा पनि आज वृद्धि देखिएको छ। चाँदी प्रतितोला १४० रुपैयाँले बढ्दै ५ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

आइतबार प्रतितोला पाँच हजार १० रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा पाँच हजार एक सय ५० रूपैयाँमा किनबेच भइरहेको छ।

 
 
सोमबार, ११ जेठ २०८३, १० : ४८

प्रतिक्रिया