पार्टीका हरेक कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य राख्न निर्देशन

मंगलबार, १२ जेठ २०८३, १३ : ४७

काठमाडौं– श्रम संस्कृति पार्टीले पार्टीका सबै तहका कार्यक्रम तथा प्रचार सामग्रीमा पार्टी अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ।

पार्टीको कोशी प्रदेश कार्यसमितिले जेठ ११ गते जारी गरेको सर्कुलरमार्फत जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा तथा टोलस्तरसम्म सञ्चालन हुने सबै कार्यक्रमका व्यानर, पोस्टर तथा अन्य प्रचार सामग्रीमा अध्यक्ष साम्पाङको तस्वीर राख्न निर्देशन दिइएको हो । 

कोशी प्रदेशका अध्यक्ष प्रताप राई र सचिव दिपक तिमिल्सेनाद्वारा जारी सर्कुलरमा पार्टीको पहिचान र संगठनात्मक एकरूपता कायम गर्न यस्तो व्यवस्था गरिएको उल्लेख गरिएको छ।

 
 
मंगलबार, १२ जेठ २०८३, १३ : ४७

प्रतिक्रिया