काठमाडौं- नेपालमा इन्धनको मूल्य लगातार बढिरहेको र ट्राफिक जाम दैनिक समस्या बन्दै गइरहेका बेला इन्धन बचत गर्ने तथा सहज यात्राका लागि उपयुक्त स्कुटरको माग बढ्दै गएको छ । यही आवश्यकता लक्षित गर्दै Yamaha RayZR 125-FI Hybrid नेपाली बजारमा लोकप्रिय बन्दै गएको छ ।
यामाहाले यो स्कुटरलाई नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटरको रूपमा प्रस्तुत गर्दै आएको छ । कम्पनीका अनुसार पछिल्ला तीन वर्षदेखि यसले उच्च माइलेज र सहज पर्फर्मेन्सका कारण ग्राहकको विश्वास जित्दै आएको छ ।
स्कुटरमा प्रयोग गरिएको Smart Motor Generator (SMG) र Hybrid Technology यसको मुख्य विशेषता मानिन्छ । विशेषगरी ट्राफिक जाम वा रोकिएको अवस्थाबाट अगाडि बढ्दा यसले ३ सेकेन्डसम्म अतिरिक्त पावर असिस्ट प्रदान गर्छ । ब्याट्रीको सहयोगमा इन्जिनलाई थप ‘पुस’ दिने भएकाले कम इन्धन खपत हुने कम्पनीको दाबी छ ।
यसमा रहेको Stop & Start System ले ट्राफिक लाइट वा जाममा स्कुटर रोकिँदा इन्जिन आफैं बन्द गर्ने र एक्सेलेटर थिच्नासाथ पुनः स्टार्ट गर्ने सुविधा दिन्छ । साथै Fuel Injection (FI) इन्जिनले इन्धनको प्रभावकारी प्रयोगसँगै स्मूथ पर्फर्मेन्स र कम प्रदूषण सुनिश्चित गर्ने बताइएको छ ।
केवल ९९ केजी तौल भएको यो स्कुटर भीडभाडयुक्त सहर, साँघुरा गल्ली तथा पार्किङ क्षेत्रमा सहज रूपमा सञ्चालन गर्न सकिने कम्पनीको भनाइ छ । यामाहाले ग्राहकको सुविधालाई ध्यानमा राख्दै २०८३ साल चैत १ गतेदेखि लागू हुने गरी ५ वर्षसम्मको फ्री सर्भिसिङ सपोर्टसमेत उपलब्ध गराउने जनाएको छ ।
कम्पनीका अनुसार वास्तविक सडक परीक्षणमा Yamaha RayZR 125-FI Hybrid ले ७१.३३ किलोमिटर प्रतिलिटरभन्दा बढी माइलेज दिएको छ । बढ्दो इन्धन मूल्यका बीच यस्तो माइलेजले दैनिक खर्चमा राहत पुग्ने विश्वास गरिएको छ ।
यामाहाका अनुसार Hybrid पावर, इन्धन बचत गर्ने स्मार्ट सिस्टम, हलुका डिजाइन र दीर्घकालीन सर्भिस सुविधाको संयोजनले RayZR 125-FI Hybrid लाई आधुनिक राइडरका लागि उपयुक्त स्कुटर बनाएको छ ।
प्रतिक्रिया