आज भाइटीकाको दिन कुन राशिलाई कस्तो ? हेर्नुहोस् राशिफल

बुधबार, २५ कार्तिक २०८३, ०७ : ४२

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
आफन्त तथा घरपरिवारसँगको भेटघाटले मन प्रसन्न हुनेछ। पारिवारिक माहौलमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ। दिदीबहिनी तथा दाजुभाइबिचको सम्बन्ध थप सुमधुर हुनेछ। यद्यपि स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरू प्रभावित हुन सक्नेछन्। चिन्ता तथा छटपटीले ऊर्जा र आत्मविश्वासमा कमी ल्याउनेछ। नगर्नुपर्ने काममा हात हाल्दा व्यावसायिक रूपमा घाटा लाग्न सक्छ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। दाजुभाइ तथा दिदीबहिनीहरूबिचको प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै कामबाट पनि फुर्सद पाइनेछ। व्यापारकै सिलसिलामा यात्रा हुने योग रहेको छ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
रमाइलो यात्रा हुनेछ। आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ। प्रणय सम्बन्धमा विश्वास बढेर जानेछ। आफन्त, दाजुभाइ तथा दिदीबहिनीहरूसँगको भेटमा रमाइलो गर्दै समय व्यतीत हुनेछ। खानपान र मनोरञ्जनमा समय बित्नेछ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
आर्थिक मुद्दाहरू हल भएर जानेछन्। मित्रहरूको सहयोग प्राप्त हुनाले समयमा कामहरू बन्नेछन्। भौतिक सम्पत्ति तथा विलासी वस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ। अध्ययनको सिलसिलामा यात्रा गर्न सकिने समय रहेको छ। आफन्त तथा दिदीबहिनीबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको योग रहेको छ। भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
भौतिक सम्पत्ति तथा विलासी वस्तुको व्यापार कमै हुनेछ। कृषि तथा पशुपालन व्यवसाय भने फस्टाएर जानेछ। दिदीबहिनीसँगको सम्बन्ध थप सुमधुर हुनेछ। भेटघाट, मिष्टान्न भोजन तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ। यद्यपि राजनीति तथा समाजसेवामा लाग्नेहरूले समाजमा काम देखाउन नसक्दा विश्वास जित्न अलि बढी नै समय खर्चनुपर्नेछ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ। सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ। प्रतिस्पर्धीहरू परास्त हुनेछन्। मायाप्रेममा सामीप्य बढेर जानेछ। दाजुभाइ र दिदीबहिनीसँगको सम्बन्धमा सुधार आउनेछ। परिवार तथा आफन्तका साथ समय व्यतीत हुनेछ भने रमाइलो ठाउँको भ्रमण गर्ने अवसर मिल्नेछ। खानपान र मनोरञ्जनमा समय बित्नेछ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
परिवार, दाजुभाइ तथा दिदीबहिनीसँगको सम्बन्ध सुमधुर हुनेछ। परिवार तथा नजिकका मानिसबाट तपाईंको काममा सहयोग प्राप्त हुनेछ। परिवार तथा आफन्तका साथ रमाइलो ठाउँको भ्रमण गर्ने अवसर मिल्नेछ। रात्रिकालीन साङ्गीतिक कार्यक्रममा सहभागी हुन पाउँदा मन प्रसन्न हुनेछ। भेटघाट र खानपानमा समय व्यतीत हुनेछ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
मेहनत गर्दा आँटेको काम बन्नेछ। जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ। परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। समाजसेवामा समय दिन सक्दा मान–सम्मानमा वृद्धि भएर जानेछ। दिदीबहिनी तथा दाजुभाइको सम्बन्धमा सुमधुरता थपिनेछ। खानपान र मनोरञ्जनमा समय व्यतीत हुनेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
धार्मिक तथा सामाजिक काममा सक्रिय रहँदारहँदै दिन बित्नेछ। मायाप्रेममा एकअर्कालाई बुझ्न समय लागे पनि सम्बन्ध प्रगाढ हुनेछ। विदेश यात्राको सम्भावना छ। विदेशमा बसेर काम गर्नेहरूका लागि दिन प्रभावकारी रहनेछ। दिदीबहिनी तथा दाजुभाइबिचको सम्बन्ध थप सुधार हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
दाजुभाइ तथा आफन्तबाट भनेजस्तो सहयोग मिल्नेछ। मायाप्रेममा सामीप्य बढेर जाने ग्रहयोग रहेको छ। सवारीसाधन तथा अन्य भौतिक सम्पत्तिबाट लाभ हुनेछ। इच्छा, आकाङ्क्षा तथा मनोकामना पूरा हुने समय रहेको छ। रोकिएका कामहरू बन्नेछन् भने नयाँ काम गर्ने अवसर आउनेछ। भेटघाट र मनोरञ्जनमा समय व्यतीत हुनेछ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
मातापिताको धन तथा सम्पत्ति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ। कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ। मायाप्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ। राजनीति तथा समाजसेवामा जनताको साथ र समर्थन प्राप्त हुने योग रहेको छ। भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
भाग्य तथा समयले साथ दिने हुँदा आँटेको र ताकेको काम सजिलै बन्नेछन्। खोजमूलक काममा सफलता मिल्नेछ। अध्ययनमा रुचि बढ्नेछ। प्रेममा रमाउन चाहनेहरूका लागि दिन राम्रो रहेको छ। पारिवारिक मिलन हुनुका साथै दाजुभाइ तथा दिदीबहिनीबिचको सम्बन्ध झन् प्रगाढ भएर जानेछ। भेटघाट र मनोरञ्जनमा समय व्यतीत हुनेछ।

बुधबार, २५ कार्तिक २०८३, ०७ : ४२

प्रतिक्रिया