नेपालको सामाजिक सूचकमा सुधार, औसत आयु ७१.३ वर्ष पुग्यो

बुधबार, १३ जेठ २०८३, १४ : १०

काठमाडौं- आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या घटेर २०.२७ प्रतिशतमा पुगेको छ ।

बुधबार सार्वजनिक गरिएको सर्वेक्षणले बहुआयामिक गरिबीसमेत घटेर १७.४ प्रतिशतमा सीमित भएको उल्लेख गरेको छ । सर्वेक्षणअनुसार स्वास्थ्य सेवामा आएको सुधारसँगै नेपालीहरूको औसत आयु बढेर ७१.३ वर्ष पुगेको छ ।

शिक्षातर्फ पनि सकारात्मक प्रगति देखिएको छ । १५ देखि २४ वर्ष उमेर समूहका युवाको साक्षरता दर ९४.२ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, माध्यमिक तहको खुद भर्ना दर ५१.६ प्रतिशत पुगेको आर्थिक सर्वेक्षणमा जनाइएको छ ।

सरकारले सामाजिक क्षेत्रका सूचकहरूमा सुधार देखिए पनि शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा अझै थप लगानी र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको औंल्याएको छ ।

 
बुधबार, १३ जेठ २०८३, १४ : १०

प्रतिक्रिया