आर्थिक सर्वेक्षण

४१ सय मेगावाट नाघ्यो नेपालको विद्युत् क्षमता, ९९ प्रतिशत जनसंख्यामा पहुँच

विहीबार, १४ जेठ २०८३, ११ : ०९

काठमाडौं- नेपालमा विद्युत् उत्पादन क्षमता ४ हजार १ सय ५ मेगावाट पुगेको छ। आर्थिक सर्वेक्षणअनुसार जलविद्युत्बाट ३ हजार ७ सय ९८ मेगावाट, सौर्य ऊर्जाबाट १ सय ४२ मेगावाट, वैकल्पिक ऊर्जाबाट १०६ मेगावाट, थर्मल प्लान्टबाट ५३ मेगावाट र चिनी मिलको सहउत्पादनबाट ६ मेगावाट बिजुली उत्पादन भइरहेको छ।

फागुन २०८२ सम्म राष्ट्रिय ग्रिडमा ३ हजार ९ सय ९७ मेगावाट विद्युत् जडान भएको छ, जसमा निजी क्षेत्रको योगदान सबैभन्दा बढी २ हजार ५ सय ८७ मेगावाट रहेको छ।

देशभर वैकल्पिक ऊर्जासहित ९९.१ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ भने ग्राहक संख्या ५८ लाख ५९ हजार पुगेको छ।

सरकारका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म थप ६ सय ६६ मेगावाट विद्युत् उत्पादन भई कुल क्षमता ४ हजार ६ सय २६ मेगावाट पुग्ने अनुमान गरिएको छ।

 
 
विहीबार, १४ जेठ २०८३, ११ : ०९

प्रतिक्रिया