काठमाडौं - प्रधानमन्त्री बालेन्द्र साह अमेरिकाबाट फर्केको केही घण्टामै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परे । उनलाई आइतबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट पक्राउ गरिएको हो ।
जबरालाई पक्राउ गर्नुको कारणबारे विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन। प्रहरीले घटनाबारे थप विवरण खुलाउन बाँकी रहेको बताइएको छ।
जबराले २०७५ पुस १७ गते प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनीविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। महाअभियोग प्रस्ताव दर्तापछि उनी निलम्बनमा परेका थिए।
सरकारले यसभन्दा पहिले पनि नागरिकहरुलाई बिनाकारण र बिनापूर्जि पक्राउ गर्दै आएको थियो । आरोपित व्यक्ति भागिजाने, प्रमाण नष्ट गर्ने र गम्भीर कसुर गरेको भए मात्र तत्काल पक्राउ गर्ने कानुनी व्यवस्था रहेको छ । त्यसमा पनि अदालतबाट अनुमति लिएर मात्र कुनै पनि नागकिलाई राज्यले नियन्त्रणमा लिनुपर्ने हुन्छ । सरकारलाई कुनै शंका लाग्दैमा विनाप्रमाण कसैलाई पनि गिरफ्तार गर्नु नागरिकको संविधाप्रदत्त मौलिक हकको सिधा उल्लंघन हो । अर्को कुरा मुलुकको प्रधानमन्त्री भै सकेको व्यक्ति भागेर कतै जाने संभावना पनि थिएन । त्यसैले यो गिरफ्तारी गैर कानुनी, स्वेच्छाचारी र घोर निन्दनीय छ । मुलुकमा कानुनको शासनको समाप्ति हुन थालेको संकेतको रुपमा यस घटनालाई लिन सकिन्छ । सरकारले यस किसिमको मनोमानी प्रवृत्तिको गिरफ्तारी बन्द गरोस् । नागरिक स्वतन्त्रताको सम्मान सरकारले नै गरेन भने मुलुकमा ठूलो अराजकता र कानुनविहीनताको अवस्था सिर्जना नहोला भन्न सकिन्न ।
प्रतिक्रिया