भोलि देशभरका भन्सार कार्यालय बन्द रहने

विहीबार, १४ जेठ २०८३, १३ : ११

काठमाडौं- भन्सार विभागले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुने दिन १५ जेठ शुक्रबार देशभरका सबै भन्सार कार्यालय बन्द रहने जनाएको छ।

विभागले जारी गरेको सर्कुलरअनुसार सो दिन यात्रु जाँचपासबाहेक अन्य कुनै पनि मालवस्तुको भन्सार जाँचपास गरिने छैन।

बजेट भाषणसँगै कर तथा महसुल दर परिवर्तन हुन सक्ने भएकाले १४ जेठभित्र दर्ता भएका प्रज्ञापनपत्रहरूको काम सक्न निर्देशन दिइएको छ।

विभागका अनुसार बाँकी प्रज्ञापनपत्रको जाँचपास भने १६ जेठदेखि आर्थिक विधेयक, २०८३ अनुसार नयाँ दररेट आसिकुडा प्रणालीमा अद्यावधिक भए/नभएको सुनिश्चित गरेर मात्रै गरिनेछ। साथै, परिवर्तित महसुल दरअनुसार थप वा छुट रकम असुलीपछि मात्र जाँचपास प्रक्रिया अघि बढाइने जनाएको छ।

 
विहीबार, १४ जेठ २०८३, १३ : ११

प्रतिक्रिया