अपडेट

एकै दिन ५ हजार ६ सयले बढ्यो सुनको भाउ, चाँदी पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार, १५ जेठ २०८३, १० : ५३

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। छापावाल सुनको भाउ एकै दिन ५ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम रहेको थियो।

यसैबीच चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। बिहीबार प्रतितोला ४ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १७५ रुपैयाँले बढ्दै ५ हजार ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

 
शुक्रबार, १५ जेठ २०८३, १० : ५३

प्रतिक्रिया