२४ घण्टामा दुई हजार ९३ सवारीचालक ट्राफिक कारबाहीमा, २७ लाख राजस्व संकलन

मंगलबार, १९ जेठ २०८३, १० : ५३

काठमाडौंं- पछिल्लो २४ घण्टामा राज्यकोषमा रु २७ लाख ३६ हजार ५०१ राजस्व दाखिला भएको छ ।
 
ट्राफिक उल्लंघनको कारबाहीमा परेका दुई हजार ९३ सवारीचालकले सवारी नियम उल्लंघन गरेकाहरुबाट  कारबाहीस्वरुप  राजस्व दाखिला भएको हो ।  

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६९,  संकेत बत्ती उल्लंघनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन कुदाएका १०१ जनालाई कारबाही गरिएको हो । 
    
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने ९२, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०५, एकतर्फी सडकमा सवारी चलाउने १२९ र अन्य सवारी नियम पालना नगरेका एक हजार ९८२ गरी कूल दुई हजार ९३ जनालाई कारबाही गरिएको हो ।
 

 
मंगलबार, १९ जेठ २०८३, १० : ५३

प्रतिक्रिया