अपडेट

सुनचाँदीको मूल्य निरन्तर उकालो लाग्दै, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

मंगलबार, १९ जेठ २०८३, ११ : ०३

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार ३ लाख १० हजार ९ सय रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएकोमा मंगलबार ४ सय रुपैयाँले मूल्य बढेको हो । 

यस दिन चाँदी प्रतितोला ५ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार ५ हजार ३ सय ५५ रुपैयाँ प्रतितोला चाँदी कारोबार भएकोमा बुधबार भने मूल्य ५० रुपैयाँले बढेको हो ।

 
मंगलबार, १९ जेठ २०८३, ११ : ०३

प्रतिक्रिया