भाजपा मुख्यालयमा रवि लामिछानेको भव्य स्वागत, पुष्पवृष्टि र सांस्कृतिक झाँकीद्वारा सम्मान

मंगलबार, १९ जेठ २०८३, ११ : ३२

काठमाडौं– भारत भ्रमणमा रहेका रवि लामिछानेलाई नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा भव्य स्वागत गरिएको छ।

मंगलबार भाजपा मुख्यालय प्रवेशका क्रममा लामिछानेलाई रातो कार्पेट बिछ्याएर स्वागत गरिएको थियो। साथै पुष्पवृष्टि तथा सांस्कृतिक झाँकीमार्फत उनको सम्मान गरिएको हो।

भाजपाको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा रहेका लामिछाने सोमबार भारत प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले भाजपा नेतृत्वसँग उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

रास्वपाका अनुसार भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, राजनीतिक अनुभव आदानप्रदान तथा दुई दलबीचको सहकार्यका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

रवि नेतृत्वको प्रतिनिधिमण्डलले भारत बसाइका क्रममा विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाटसमेत गर्ने कार्यक्रम रहेको बताइएको छ।

 
 
मंगलबार, १९ जेठ २०८३, ११ : ३२

प्रतिक्रिया