जनकपुरधाम- वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पर्सा जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको छ । मंगलबार जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले सो आदेश दिएको हो ।
अदालतले लिखत कीर्तेसम्बन्धी मुद्दामा चारलाख र झुट्टा विवरण पेश गरेको मुद्दामा १५ हजार धरौटी माग गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी जयनारायण यादवले जानकारी दिए ।
मेयर सिंहलाई आजै बिहान ठोरीबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो । पर्सा जिल्ला अदालतले मेयर सिंहविरुद्ध जेठ १२ गते पक्राउ पूर्जी जारी गरेको थियो ।
वीरगन्ज–३ का लियाकत अलीले २०८० साल माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहविरुद्ध सरकारी कागजात किर्ते र नागरिकता किर्ते विषयमा उजुरी दिएका छन् ।
प्रतिक्रिया