काठमाडौं- नेपाली बजारमा आज (बुधबार)सुनको भाउ स्थिर रहेको छ भने चाँदी घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ ।
मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, बुधबार चाँदीको मूल्य भने घटेको छ ।
मंगलबार प्रतितोला पाँच हजार चार सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार तीन सय ७० रूपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो ।
प्रतिक्रिया