आज यी राशिलाई उपहार प्राप्तिको गतिलो योग, अरुको दिन कस्तो ?

विहीबार, २१ जेठ २०८३, ०७ : २५

आजको पञ्चाङ्ग

वि।सं।२०८३ साल जेठ २१ गते । बिहीबार । इस्वी सन् २०२६ जुन ४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ कृष्णपक्ष । तिथि–चतुर्थी, ३८ घडी ५६ पला, बेलुकी ८ बजेर ४५ मिनेट उप्रान्त पंचमी । नक्षत्र–उत्तराषाढा, २० घडी ५२ पला, रातको १ बजेर ३१ मिनेट उप्रान्त श्रवण । योग–शुक्ल, ६ घडी ४९ पला, बिहान ७ बजेर ५३ मिनेट उप्रान्त ब्रम्ह् । करण–बव, बिहान ८ बजेर २ मिनेट उप्रान्त बालव, बेलुकी ८ बजेर ४५ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–धनु, बिहान ६ बजेर ० मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय बिहान ५ बजेर १० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५४ मिनेट । दिनमान ३४ घडी २३ पला ।

आजकाे राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार, उद्योग तथा शेयर बजारको लगानी फस्टाएर जानेछ । समाजसेवा तथा कल्याणकारी काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । रोजगारीको सिलसिलामा नयाँ गन्तव्य पहिल्याउन सकिनेछ । नोकरीमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबिच मायाको डोरो कसिलो भएर जानेछ । अध्ययन अध्यापनमा चाहेजस्तो प्रगति गर्न सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो समयदेखि रोकिएका कामहरू बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ । आफन्त तथा जीवन साथीको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरी नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागी लामो दुरीको यात्रा हुनेछ । व्यापार तथा शेयर बजारमा लगानी गर्ने समय रहेको छ । घरायसी सुख सुविधा भरपुर मात्रामा प्रयोग गर्न पाइनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) भौतिक वस्तु तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आफन्त तथा साथी भाइसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । व्यापारमा लगानी गरी हाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शङ्का गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेममा नजिक हुने तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । भौतिक बस्तु तथा बिलासी सामानको प्रयोग गरी अरूको ध्यान तान्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । एकल तथा साझेदारी व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ । बैक तथा वित्तीय क्षेत्र र शेयर बजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ ।  

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रियजन भेट हुनुको साथै आतिथ्यपूर्ण सम्मान पाइनेछ । पढ्ने लेख्ने काममा सफलता हात पार्न सकिनेछ भने अध्ययनकै लागी यात्राको तय गर्न सकिनेछ । वादविवाद तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । नोकरीमा पदोन्नति तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेको छ । तर पनि खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या देखा पर्न सक्छ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । शेयर बजार तथा व्यापार व्यवसाय अरू दिन भन्दा सुधार भएर जाने हुनाले दैनिकी सुदृढ हुनेछ । चिट्ठा पर्ने तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । माया प्रेममा नजिक हुने तथा मायाको डोरो कसिलो भएर जानेछ । सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । आफन्त तथा छोराछोरीको प्रगतिमा मन प्रसन्न हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । विश्वास गरेकै मानिसबाट धोका पाइनेछ भने आमा वा आमा सरहका मानिससँग मनमुटाब बढ्ने योग रहेको छ । घरजग्गाको काममा मन्दीको सामान गर्नुपर्नेछ ।  मौसम तथा खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ । तर पनि कृषि तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यवसायमा लगानी गरी नाफा कमाउन सकिनेछ । पुँजी बजार तथा वित्तीय क्षेत्रसँग सम्बन्धित लगानीबाट आम्दानी बढाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । आँटिला तथा पुरुशार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । मन परेको मानिसलाई लिएर यात्रामा निस्कन सकिनेछ । सामाजिक काम गरी जनताको समर्थन जुटाउन सकिनेछ । लेखेरै नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  आफन्त तथा कुटुम्बसँगको चिसिएको सम्बन्धमा सुधार आउनेछ । मिष्ठान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ कामको प्रस्ताव आउनेछ ।  प्रेमील जोडीहरूले रमाइलो ठाउँको यात्रा गरी दिन व्यातित गर्न सक्नेछन् । खानपान, मनोरञ्जन तथा किनमेलमा समय व्यातित हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ प्रविधि तथा सामाजिक सञ्जालको प्रयोग मार्फत बौद्धिक स्तर फराकिलो बनाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । भौतिक सम्पत्तिको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित पार्न सकिनेछ । व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । मन पर्ने वस्त्र तथा अलङ्कार उपहार पाइनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) दैनिक खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचित व्यक्तिको विश्वास गर्नाले धोका पाइनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । तर पनि विदेशी सामानको व्यापार तथा विदेशी संस्थामा काम गर्नेहरूको लागी समय उत्तम रहेको छ । अध्ययन तथा कामको लागी छोटो दुरीको यात्रा गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानीमा वृद्धि गर्न सकिनेछ । शिक्षा तथा चेतनामूलक कामहरूबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रज तथा बुवाबाट गाइडलाइन प्राप्त हुनाले अग्रगामी छला¨ मार्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका इच्छा तथा आकाङ्क्षाहरू पुरा गर्न सकिने हुनाले मन खुसी रहनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ ।

विहीबार, २१ जेठ २०८३, ०७ : २५

प्रतिक्रिया