काठमाडौं- नेपाली बजारमा आज (बिहीबार)सुन प्रतितोला दुई सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ ।
बुधबार सुन प्रतितोला तीन लाख ११ हजार तीन सय रूपैयाँमामा कारोबार भएको थियो । यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ ।
बुधबार प्रतितोला पाँच हजार तीन सय ७० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार दुई सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ८५ रूपैयाँ घटेको हो ।
प्रतिक्रिया