६ सहकारीलाई कार्यालय खाली गर्न काठमाडौं महानगरको निर्देशन

विहीबार, २१ जेठ २०८३, १३ : १५

काठमाडौं- काठमाडौँ महानगरपालिकाले विभिन्न ६ वटा सहकारी संस्थालाई आफूले बहालमा लिएको घर, कोठा वा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ।  

महानगरको कानुन तथा मानव अधिकार विभागले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र सम्पर्कमा नआए महानगर आफैँले कार्यालय खाली गराउने चेतावनी समेत दिएको हो।

महानगरको कारबाही सूचीमा पर्ने सहकारीहरूमा काठमाडौँ महानगरपालिका वडा नम्बर ३ मा रहेको सत्कार सहकारी संस्था लिमिटेड, वडा नम्बर १५ को अमृताम्भ बचत तथा ऋण सहकारी संस्था र वडा नम्बर २२ को हिराखुसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेका छन् । 

यसैगरी वडा नम्बर ३२ मा सञ्चालित मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नवल सवल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पञ्चरूपा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पनि कार्यालय खाली गर्न भनिएको छ।

 
विहीबार, २१ जेठ २०८३, १३ : १५

प्रतिक्रिया