१० वर्षमा ३० हजार मेगावाट उत्पादन लक्ष्यमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : इप्पान

शुक्रबार, २२ जेठ २०८३, ११ : ४९

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत उत्पादनको सरकारी लक्ष्य पूरा गर्न निजी क्षेत्रको भूमिका निर्णायक रहने बताएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा उनले हाल देशको विद्युत उत्पादन क्षमता करिब ४,३०० मेगावाट पुगेको र त्यसको अधिकांश हिस्सा निजी क्षेत्रबाट आएको बताए। उनका अनुसार हाल ५,७९२ मेगावाटका आयोजना निर्माणाधीन छन् भने २५ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजना विभिन्न चरणमा अघि बढिरहेका छन्।

कार्कीले ऊर्जा क्षेत्रमा हालसम्म १३ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको र विद्युत उत्पादन वृद्धिसँगै रोजगारी सिर्जना, रोयल्टी आम्दानी तथा पेट्रोलियम पदार्थको आयात घटाउन सहयोग पुगेको उल्लेख गरे।

उनले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) प्रक्रिया छिटो अघि बढाउन सरकारसँग आग्रह गर्दै ऊर्जा विकास मार्गचित्रका लक्ष्य पूरा गर्न थप लगानी आवश्यक रहेको बताए।

 
शुक्रबार, २२ जेठ २०८३, ११ : ४९

प्रतिक्रिया