अपडेट

सुनचाँदीको मूल्य आज पनि घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

आइतबार, २४ जेठ २०८३, ११ : ०९

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रुआठ हजार दुई सय र चाँदी रु ३३५ ले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख आठ सय कायम भएको छ । एक तोला चाँदीको मूल्य रु चार हजार ८९५ निर्धारण भएको छ । 

गत शुक्रबार एक तोला सुन रु तीन लाख नौ हजार र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २३० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
 

 
आइतबार, २४ जेठ २०८३, ११ : ०९

प्रतिक्रिया