काठमाडौं- अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको हो। बैठकले उक्त निर्णयसहितको वार्षिक वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक मा पठाउने निर्णय पनि गरेको जनाएको छ।
राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि उक्त वित्तीय विवरण आगामी वार्षिक साधारणसभामा पेश गरिनेछ।

प्रतिक्रिया