गृह मन्त्रालय फर्किंदै सुधन गुरुङ, आजै शपथको तयारी

मंगलबार, २६ जेठ २०८३, १२ : ३३

काठमाडौं-गृहमन्त्रीमा सुधन गुरुङलाई पुनः जिम्मेवारी दिइने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले गुरुङलाई गृहमन्त्री बनाउने निर्णय लिएका हुन् । 

प्रधानमन्त्री शाहले गुरुङलाई मंगलबार नै गृहमन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । मंगलबार ३ बजे शपथग्रहणको कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ  ।

 प्रतिनिधिसभाको २०८२ फागुन २१ को निर्वाचनमा संसद्मा झन्डै दुई तिहाइ सिट जितेपछि गत चैत १३ मा गठित वालेन्द्र शाह नेतृत्वको सरकारमा गुरुङलाई गृहमन्त्रीको जिम्मेवारी दिइएको थियो । सम्पत्तिको विवरणको विषयमा प्रश्न उठेपछि उनले बैशाख ९ गते राजीनामा गरेका थिए ।
 

 
 
मंगलबार, २६ जेठ २०८३, १२ : ३३

प्रतिक्रिया