काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुनलाई नियुक्तिका लागि सिफारिस गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार पुनको शपथ मंगलबार दिउँसो ३ बजे हुने भएको छ । पुन म्याग्दीबाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित भएका थिए । उनी सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री थिए ।
यसअघि गृह र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्दै आएका थिए ।
प्रतिक्रिया