बजेट कार्यान्वयन हुनेमा सत्तापक्षकै सांसदको आशंका

विहीबार, २८ जेठ २०८३, १४ : १७

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट कार्यान्वयन हुनेमा आफूलाई विश्वास नभएको बताएका छन् ।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा बोल्दै सिंहले बजेटलाई ‘फुकिएको बेलुन’को संज्ञा दिँदै जीडीपीको ३२–३३ प्रतिशत बराबरको बजेट व्यवहारिक नभएको टिप्पणी गरे ।

उनले व्यंग्य गर्दै भने, ‘यदि यो बजेट पूर्णरूपमा कार्यान्वयन भयो भने भोलिपल्टै नेपाल सिंगापुर, जापान वा दुबई बन्छ ।’

उनले बोलिरहेकै बेला समय सकिएपछि माइक बन्द गरिएको थियो । त्यसपछि उनी रोष्ट्रमबाट आफ्नो सिटमा फर्किएका थिए ।

विहीबार, २८ जेठ २०८३, १४ : १७

प्रतिक्रिया