अपडेट

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

शुक्रबार, २९ जेठ २०८३, ११ : ०८

काठमाडौं– स्थानीय बजारमा आज  सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजार ३०० र चाँदी रु १९० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ९२ हजार कायम भएको छ । एक तोला चाँदीको मूल्य रु चार हजार ८४० निर्धारण भएको छ ।

हिजो एक तोला सुन रु दुई लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ६५० मा कारोबार भएको थियो ।

शुक्रबार, २९ जेठ २०८३, ११ : ०८

प्रतिक्रिया