अथर नेपाल द्वारा एकै दिन २०८ वटा स्कुटर हस्तान्तरण गर्दै नयाँ कीर्तिमान कायम

शुक्रबार, २९ जेठ २०८३, १६ : ३८

काठमाडौं- वैद्य इनर्जी प्रा. लि. द्वारा सञ्चालित एथर इनर्जी नेपालले एकै दिन २०८ वटा अथर विद्युतीय स्कुटर ग्राहकलाई हस्तान्तरण गर्दै नेपालको विद्युतीय सवारीसाधन क्षेत्रमा उल्लेखनीय कीर्तिमान कायम गरेको छ ।

यस विशेष मेगा डेलिभरी कार्यक्रमले नेपाली ग्राहकहरूबीच अथर ब्रान्डप्रति बढ्दो विश्वास, अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन तथा दिगो यातायात समाधानप्रतिको आकर्षणलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ । 

WhatsApp Image 2026-06-12 at 10.37.16 AM (1)

देशका विभिन्न स्थानबाट आएका ग्राहकहरूले आफ्नो नयाँ एथर स्कुटर ग्रहण गर्दै नेपालको विद्युतीय सवारीसाधनतर्फको तीव्र रूपान्तरणलाई उत्सवका रूपमा मनाएका थिए ।

कार्यक्रमका अवसरमा वैद्य इनर्जी प्रा. लि.का प्रतिनिधिहरूले अथर प्रति विश्वास देखाउने सम्पूर्ण ग्राहकप्रति हार्दिक आभार व्यक्त गर्दै नेपालमा स्वच्छ, स्मार्ट तथा दिगो यातायात प्रणालीको विकासमा कम्पनी निरन्तर प्रतिबद्ध रहेको बताए ।

WhatsApp Image 2026-06-11 at 2.53.19 PM (2)

एकै दिन २०८ वटा स्कुटर हस्तान्तरण गर्ने यो उपलब्धिले एथर नेपाललाई देशको अग्रणी प्रिमियम विद्युतीय स्कुटर ब्रान्डको रूपमा अझ सशक्त बनाएको छ । 

साथै, यसले नेपाली उपभोक्तामाझ भरपर्दो, नवप्रवर्तनयुक्त तथा उच्च गुणस्तरका विद्युतीय सवारीसाधनप्रतिको बढ्दो मागलाई समेत उजागर गरेको छ ।
 

शुक्रबार, २९ जेठ २०८३, १६ : ३८

प्रतिक्रिया