सेफ सन्तोष साह बैंकिङ कसुर मुद्दामा पक्राउ

शनिबार, ३० जेठ २०८३, १० : ०७

काठमाडौं- चर्चित सेफ सन्तोष साहलाई बैंकिङ कसुर सम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत काठमाडौंबाट जारी पक्राउ पुर्जीका आधारमा उनलाई शुक्रबार राति महोत्तरीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गैरीधारास्थित एक रेष्टुरेन्ट खरिदका क्रममा बैंकिङ कसुर गरेको आरोपमा साहविरुद्ध मुद्दा दर्ता भएको थियो। आरोपअनुसार उनले उक्त रेष्टुरेन्ट एक करोड ३० लाख रुपैयाँमा खरिद गरे पनि सम्झौताअनुसारको सम्पूर्ण रकम भुक्तानी नगरेको बताइएको छ।

रेष्टुरेन्ट बिक्रीकर्ता सकुन्तला अधिकारी (थापा)ले बाँकी रकम नपाएको भन्दै साहविरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा दायर गरेकी थिइन्। सोही मुद्दाका आधारमा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले उनलाई महोत्तरीबाट पक्राउ गरेको जनाएको छ।

शनिबार, ३० जेठ २०८३, १० : ०७

प्रतिक्रिया