नेपाल दलित संघको अध्यक्षमा विपेन्द्र रामुदामु मनोनीत

मंगलबार, ०२ असार २०८३, १० : २५

काठमाडौं  नेपाली कांग्रेसले नेपाल दलित संघको नेतृत्व विपेन्द्र रामुदामुलाई सुम्पिएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय कार्यान्वयन गर्दै उनलाई संघको अध्यक्षको जिम्मेवारी दिइएको हो । सभापति गगन थापाले सोमबार रामुदामुलाई दलित संघको अध्यक्षमा मनोनीत गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार अध्यक्षमा नियुक्त रामुदामुलाई निर्धारित समयभित्र संघको महाधिवेशन सम्पन्न गराउने दायित्वसमेत दिइएको छ । त्यसका लागि ११ बुँदे कार्यादेश तथा कार्यविवरण प्रदान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

पार्टीले संगठनलाई सक्रिय र व्यवस्थित बनाउँदै महाधिवेशनको तयारी अघि बढाउने उद्देश्यसहित यो जिम्मेवारी प्रदान गरेको जनाएको छ ।

722664698_122301413630192999_2448077260747015419_n
 

मंगलबार, ०२ असार २०८३, १० : २५

प्रतिक्रिया