सेबोन र बीमा प्राधिकरणमा ‘स्वच्छ छवि’का नेतृत्व आउँछन् : अर्थमन्त्री वाग्ले

विहीबार, ०४ असार २०८३, १२ : ०८

काठमाडौं- अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल बीमा प्राधिकरणको नेतृत्वमा नियुक्त गरिने व्यक्तिको पृष्ठभूमि, कार्यसम्पादन र व्यावसायिक आचरणको विस्तृत अध्ययनपछि मात्रै नियुक्ति गरिने बताएका छन्।

नेपाल चेम्बर अफ कमर्स ले आयोजना गरेको कार्यक्रममा उनले नियामक निकायको नेतृत्वमा सक्षम, अनुभवी र स्वच्छ छवि भएका व्यक्तिलाई प्राथमिकता दिइने बताए। सेबोन अध्यक्षका लागि उम्मेदवार छनोट भइसकेको र नियुक्तिपूर्व आवश्यक मूल्यांकन भइरहेको उनको भनाइ छ।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रमैत्री वातावरण निर्माण, कर प्रणाली सुधार, डिजिटल सेवा विस्तार तथा लगानी प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको पनि बताए। निजी क्षेत्रसँग सहकार्य गरेर आर्थिक गतिविधि विस्तार गरिने उनको भनाइ थियो।

विहीबार, ०४ असार २०८३, १२ : ०८

प्रतिक्रिया