न्यून बजेटको गुनासोमा मन्त्री लम्सालको स्पष्टीकरण: ‘बहुवर्षीय योजना अपनाएका छौं’

विहीबार, ०४ असार २०८३, १४ : ५१

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले सडक, पुललगायतका आयोजनामा न्यून बजेट विनियोजन गरिएको भन्ने गुनासोप्रति सरकार बहुवर्षीय बजेट प्रणालीअनुसार अघि बढेको बताएका छन्।

प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले सरकारले एक वर्षेभन्दा बहुवर्षीय (मल्टी इयर) बजेटलाई प्राथमिकता दिएको बताए। उनका अनुसार एउटै प्रकृतिका आयोजनालाई एकैपटक ठेक्का प्रक्रियामा लैजाँदा समय बचत हुने र कार्यान्वयन प्रभावकारी बन्नेछ।

मन्त्री लम्सालले सामान्यतया एउटा ठेक्का प्रक्रिया पूरा गर्न ६–७ महिना लाग्ने भए पनि बहुवर्षीय योजनामार्फत १२ देखि १४ महिनासम्मको समय बचत गर्न सकिने दाबी गरे। उनले यसबाट पूर्वाधार आयोजनाको निर्माण कार्य छिटो अघि बढ्ने विश्वास व्यक्त गरे।

विहीबार, ०४ असार २०८३, १४ : ५१

प्रतिक्रिया