२४ घण्टामा दुई हजार ५५६ सवारीचालक ट्राफिक कारबाहीमा, २२ लाख ३९ हजार राजस्व संकलन

शुक्रबार, ०५ असार २०८३, १० : २३

काठमाडौं– काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ५५६ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ३९ हजार राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
    
कारबाहीमा परेकाहरुमा मादकपदार्थ सेवन गरेका १०६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५४, संकेत बत्ती उल्लंघनकर्ता १०७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
    
उनका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने ९७, निषेधित क्षेत्रमा हर्न बजाउने १०९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९८, यान्त्रिक अवस्था ठीक नभएका ३० र अन्य सवारी नियम पालना नगरेका एक हजार ६७२ गरी कूल दुई हजार ५५६ जनालाई कारबाही गरिएको हो ।
 

शुक्रबार, ०५ असार २०८३, १० : २३

प्रतिक्रिया