काठमाडौं- काठमाडौँ उपत्यकामा बितेको २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ७८२ सवारीचालक कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूबाट कारबाहीस्वरूप चार लाख ९४ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८३ जना, नियमविपरीत राइड सेयरिङ गर्ने ७५ जना, ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने ८२ जना तथा तीव्र गतिमा सवारी चलाउने ११० जना चालकलाई कारबाही गरिएको छ।
त्यसैगरी लेन अनुशासन पालना नगर्ने ६५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७१ जना, सडकपेटीमा सवारी पार्किङ गर्ने ८७ जना तथा एकतर्फी सडकमा सवारी चलाउने ६८ जना चालक पनि कारबाहीमा परेका छन्।
यसका अतिरिक्त अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने एक हजार १४१ जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सडक सुरक्षा र सवारी अनुशासन कायम गर्न नियमित अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।
प्रतिक्रिया