पूर्वमन्त्री तथा कांग्रेस नेता राजेन्द्र खरेलको निधन, आजै पशुपति आर्यघाटमा अन्त्येष्टि

सोमबार, ०८ असार २०८३, ११ : ४९

काठमाडौं- काभ्रेको पाँचखाल नगर प्रमुख एबं नेपाली कांग्रेस काभ्रे क्षेत्र नं २ का सभापतिका पिता पूर्वमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा आइतबार राति निधन भएको छ। उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

नेपाली कांग्रेसको राजनीतिमा लामो समय सक्रिय रहेका खरेल विभिन्न लोकतान्त्रिक तथा राजनीतिक आन्दोलनमा अग्रपंक्तिमा रहेर सहभागी भएका थिए। राजनीतिक संघर्षका क्रममा उनी पटक–पटक गरी झण्डै नौ वर्ष जेल जीवन बिताएका थिए।

खरेलले पार्टी संगठन सुदृढीकरण तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए। उनको निधनप्रति नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता तथा शिक्षा प्रेमीले दुःख व्यक्त गरेका छन्।

दिवंगत खरेलको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सोमबार सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा राखिने भएको छ। त्यसपछि आजै दिउँसो १ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानसहित दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

उनको निधनसँगै नेपाली कांग्रेसले एक अनुभवी र संघर्षशील नेता गुमाएको टिप्पणी राजनीतिक वृत्तमा गरिएको छ।

सोमबार, ०८ असार २०८३, ११ : ४९

प्रतिक्रिया