अपडेट

सुनचाँदीको मूल्य घट्यो, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

मंगलबार, ०९ असार २०८३, ११ : ०७

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। अघिल्लो दिन उल्लेख्य वृद्धि भएको सुनको भाउ आज प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला ४ हजार ७ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ५ सय ९० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय ४० रुपैयाँ कम हो।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ४ हजार १ सय ३० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

मंगलबार, ०९ असार २०८३, ११ : ०७

प्रतिक्रिया