अपडेट

तीन दिनको गिरावटपछि आज सुनको मूल्य बढ्यो, चाँदी भने निरन्तर ओरालो

शुक्रबार, १२ असार २०८३, ११ : ०९

काठमाडौं- लगातार तीन कारोबार दिनमा कुल १० हजार ४ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार भने सामान्य रूपमा उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर २ लाख ७९ हजार १ सय रुपैयाँ पुगेको छ।

यसअघि बिहीबार मात्रै सुनको मूल्य प्रतितोला ५ हजार २ सय रुपैयाँले घटेर २ लाख ७८ हजार ३ सय रुपैयाँमा झरेको थियो। पछिल्ला केही दिनको तीव्र गिरावटपछि आजको वृद्धिलाई सामान्य सुधारका रूपमा हेरिएको छ।

यता, चाँदीको मूल्य भने घट्ने क्रम रोकिएको छैन। आज प्रतितोला ५५ रुपैयाँले घटेर ४ हजार १ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बिहीबार पनि चाँदीको मूल्य प्रतितोला २ सय ५० रुपैयाँले घटेर ४ हजार २ सय ३५ रुपैयाँमा झरेको थियो।

पछिल्ला महिनाहरूमा सुन–चाँदीको मूल्यमा असाधारण उतारचढाव देखिएको छ। यसअघि माघ १५ गते सुनको मूल्य एकैदिन प्रतितोला २० हजार ५ सय रुपैयाँले बढ्दै ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो।

त्यसैगरी, माघ १८ गते चाँदीको मूल्य एकैदिन प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो दैनिक गिरावट मानिन्छ। चाँदीले भने माघ १५ गते प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँको कीर्तिमानी उच्च मूल्य कायम गरेको थियो।

शुक्रबार, १२ असार २०८३, ११ : ०९

प्रतिक्रिया