२४ घण्टामा एक हजार ९२२ सवारीचालक ट्राफिक कारबाहीमा, पाँच लाख ११ हजार राजस्व संकलन

आइतबार, १४ असार २०८३, १० : १४

काठमाडौं– बितेका २४ घण्टामा एक हजार ९२२ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख ११ हजार ५०१ राजस्व दाखिला भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ७८,  संकेत बत्ती उल्लंघनकर्ता १२९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १३९ जनालाई कारबाही गरिएको हो । 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४१, निषेधित क्षेत्रमा हर्न बजाउने ६७, कालो सिसायुक्त सवारीसाधन सञ्चालन गर्ने १०, एकतर्फी सडकमा सवारीसाधन चलाउने ७० र अन्य सवारी नियम पालना नगरेका एक हजार २९६ जनालाई कारबाही गरिएको हो ।
 

आइतबार, १४ असार २०८३, १० : १४

प्रतिक्रिया