काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु चार हजार ७०० र चाँदी रु १४५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला छापावाल सुुन रु दुई लाख ८३ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ३२५ कायम भएको छ ।
गत शुक्रबार एक तोला सुन रु दुई लाख ७९ हजार १०० र चाँदी रु चार हजार १८० मा कारोबार भएको थियो ।
प्रतिक्रिया