प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्रऋण उठाउने विधेयक पारित, बजेट प्रक्रिया सम्पन्न

आइतबार, १४ असार २०८३, १६ : २०

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेटसम्बन्धी प्रक्रिया प्रतिनिधि सभाबाट पूरा भएको छ । आर्थिक विधेयक र राष्ट्रऋण उठाउने विधेयक पारित भएसँगै बजेट प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको हो ।

विधेयक पारित हुनुअघि संशोधन प्रस्ताव दर्ता गरेका सदस्य तथा अन्य सांसदहरूले छलफलमा भाग लिएका थिए । छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिएका थिए ।

प्रतिनिधि सभाले आर्थिक विधेयक बहुमतले पारित गरेको हो भने राष्ट्रऋण उठाउने विधेयक सर्वसम्मत रूपमा स्वीकृत गरेको छ । यससँगै आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट कार्यान्वयनका लागि आवश्यक संसदीय प्रक्रिया पूरा भएको छ ।
 

आइतबार, १४ असार २०८३, १६ : २०

प्रतिक्रिया