नेप्सेमा तीन कम्पनीका बोनस सेयर सूचीकृत, एक करोडभन्दा बढी कित्ता कारोबारयोग्य बन्दै

सोमबार, १५ असार २०८३, १५ : ३२

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार तीन कम्पनीका बोनस सेयर सूचीकृत भएका छन्। नेप्सेका अनुसार सुपर माई हाइड्रोपावर लिमिटेड, नेको इन्स्योरेन्स लिमिटेड र एनएमबी बैंक लिमिटेडका बोनस सेयर सूचीकृत भएका हुन्।

सुपर माई हाइड्रोपावर लिमिटेडको २० प्रतिशत बोनस सेयरबापत १० लाख ७० हजार कित्ता सेयर सूचीकृत भएको छ।

त्यसैगरी, नेको इन्स्योरेन्स लिमिटेडको ३ प्रतिशत बोनस सेयरबापत ८ लाख ७ हजार ४६० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।

यस्तै, एनएमबी बैंक लिमिटेडको ५ प्रतिशत बोनस सेयरबापत ९१ लाख ८३ हजार ३५२.९८ कित्ता सेयर पनि सूचीकृत भएको नेप्सेले जनाएको छ।

नेप्सेका अनुसार सूचीकृत भएका यी बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भएपछि दोस्रो बजारमा खरिद–बिक्री गर्न सकिनेछ।

सोमबार, १५ असार २०८३, १५ : ३२

प्रतिक्रिया