काठमाडौं– साताको कारोबारको चौथो दिन बुधवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ७७ हजार ९सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ लाख ७७ हजार ३सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार २ सय ७० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रतिक्रिया