काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै स्वदेशी बजारमा पनि सुनको भाउ एकैदिन तोलामा ६ हजार २०० रुपैयाँले उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो कारोबार दिन बुधबार यही सुन प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा १८० रुपैयाँले बढी हो। बुधबार चाँदी प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया