काठमाडौं- पोखरा महानगरपालिकाको १९औँ नगर सभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सर्वसम्मतिले पारित गरेको छ।
बुधबार बसेको नगर सभाले उपप्रमुख मञ्जुदेवी गुरुङले प्रस्तुत गरेको बजेट, नीति तथा कार्यक्रम अनुमोदन गरेको हो।
पारित बजेटमध्ये ५५.१५ प्रतिशत चालु खर्च र ४४.९५ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ।
महानगरपालिकाले संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँड तथा आन्तरिक आम्दानीमार्फत बजेटको स्रोत व्यवस्थापन गरिने जनाएको छ।
नगर सभाले आर्थिक विधेयक–२०८३, विनियोजन विधेयक–२०८३ तथा न्यायिक समिति र सार्वजनिक लेखा समितिका वार्षिक प्रतिवेदनसमेत सर्वसम्मतिले पारित गरेको छ।
महानगरले आगामी आर्थिक वर्षमा पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा स्थानीय विकासका प्राथमिकताका क्षेत्रमा बजेट कार्यान्वयन गर्ने जनाएको छ।
प्रतिक्रिया