पूर्वसांसद लक्ष्मी महतो कारागार चलान, थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय

शुक्रबार, १९ असार २०८३, १४ : ०९

काठमाडौं- नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी महतोलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको छ।

बिहीबार महोत्तरीको गौशालाबाट पक्राउ परेका महतोलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उपस्थित गराइएपछि अदालतको आदेशअनुसार कारागार पठाइएको हो।

महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार उच्च अदालतको फैसलाअनुसार उनलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको हो।

दोस्रो मधेश आन्दोलनका क्रममा भएको सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले महतोलाई सफाइ दिएको थियो। तर, उच्च अदालत जनकपुरले बुधबार उक्त फैसला उल्ट्याउँदै उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो।

उच्च अदालतको फैसला आएलगत्तै प्रहरीले महतोलाई महोत्तरीको गौशालाबाट पक्राउ गरेको थियो।

शुक्रबार, १९ असार २०८३, १४ : ०९

प्रतिक्रिया