कर्णाली प्रदेशको ३५ अर्ब ३९ करोडको बजेट बहुमतले पारित

शुक्रबार, १९ असार २०८३, १७ : १५

काठमाडौं- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ।

शुक्रबार बसेको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनअन्तर्गतको २०औँ बैठकले बजेट पारित गरेको हो। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले असार १ गते प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए।

पारित बजेटअनुसार चालु खर्चतर्फ ८ अर्ब ६० करोड ४५ लाख ५६ हजार रुपैयाँ अर्थात् २४.३१ प्रतिशत विनियोजन गरिएको छ। त्यस्तै पुँजीगत खर्चतर्फ २० अर्ब ७४ करोड ६७ लाख १२ हजार रुपैयाँ अर्थात् ५५.३१ प्रतिशत बजेट छुट्याइएको छ।

बाँकी बजेट वित्तीय व्यवस्थापन तथा अन्य शीर्षकमा विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ।

शुक्रबार, १९ असार २०८३, १७ : १५

प्रतिक्रिया