ओप्पो ‘ए सिक्स एस प्रो’ नेपालमा सार्वजनिक

शुक्रबार, १९ असार २०८३, १७ : ४३

काठमाडौं- ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ‘ए सिक्स एस प्रो’ नेपाली बजारमा सार्वजनिक गरेको छ । फ्ल्यागशिपबाट प्रेरित डिजाइन, उन्नत सेल्फी क्षमता, अल्ट्रा–फास्ट चार्जिङ, आकर्षक एमोलेड डिस्प्ले र प्रिमियम टिकाउपनालाई एउटै डिभाइसमा समेटेको यो स्मार्टफोनको आधिकारिक मूल्य रु. ५६,९९९ तोकिएको छ ।

प्रिमियम स्मार्टफोन अनुभव चाहने प्रयोगकर्तालाई लक्षित गर्दै तयार गरिएको ओप्पो ‘ए सिक्स एस प्रो’ मा ५० एमपी ०.६ एक्स १००–डिग्री पीओभी अल्ट्रा–वाइड सेल्फी क्यामेरा रहेको छ । यसले अझ स्पष्ट, विस्तृत र प्राकृतिक रङ्गसहितका सेल्फी तथा ग्र७३घढसप फोटो खिच्न सहयोग गर्छ । 

यस स्मार्टफोनमा ६.५७बmउस इन्च एमोलेड डिस्प्ले रहेको छ, जसमा १२० हर्ज हाई रिफ्रेस रेट उपलब्ध छ । यसले दैनिक प्रयोगमा अल्ट्रा–स्मुथ स्क्रोलिङ, छरितो रेस्पोन्स र जीवन्त भिजुअल अनुभव प्रदान गर्छ । साथै, १,४०० निट्ससम्मको हाई ब्राइटनेस भएकाले कडा घाममा समेत डिस्प्ले उज्यालो र सजिलै हेर्न सकिने हुन्छ । डिभाइसमा रहेको विशाल ७,००० एमएएच ब्याट्रीले प्रयोगकर्तालाई दिनभर कनेक्टेड रहन सहयोग गर्छ । 

साथै, फोनमा ८० वाट सुपरभुक फ्ल्यास चार्ज सपोर्ट उपलब्ध छ, जसले केवल ६१ मिनेटमै १०० प्रतिशत चार्ज गर्न सक्षम बनाउँछ । यसले प्रयोगकर्तालाई छोटो समयमा फोन चार्ज गरेर लामो समयसम्म सहज रूपमा प्रयोग गर्ने सुविधा दिन्छ ।

प्रदर्शनको हिसाबले ओप्पो ‘ए सिक्स एस प्रो’मा मिडियाटेक हेलियो जी१०० म्याक्स प्रोसेसर प्रयोग गरिएको छ । यसले स्मुथ मल्टिटास्किङ, छरितो पर्फर्मेन्स तथा गेमिङ र मनोरञ्जनका लागि सहज अनुभव प्रदान गर्छ । दैनिक प्रयोगका चुनौतीहरूलाई ध्यानमा राख्दै तयार गरिएको यो स्मार्टफोनमा
आईपी६९के रेटेड पानी तथा ध७३घढसलो प्रतिरोध क्षमता रहेको छ । यसले पानीको सम्पर्क र कठोर वातावरणमा समेत थप स७३घढसरक्षा प्रदान गर्दै दीर्घकालीन टिकाउपनामा मद्दत गर्छ ।

ओप्पो ‘ए सिक्स एस प्रो’मा प्रिमियम थ्रीडी डायनामिक ग्लो डिजाइन समावेश गरिएको छ, जुन प्रकृतिबाट प्रेरित छ र आकर्षक लुकका साथै हातमा सहज अनुभव दिनेगरी तयार गरिएको छ । यो स्मार्टफोन दुई आकर्षक रङ्ग विकल्प लुमिना फरेस्ट र इक्लिप्स ब्लू मा उपलब्ध छ । 

यसको प्रिमियम उपस्थितिलाई रेनो सिरिज बाट प्रेरित डिजाइन भाषा, उच्चस्तरीय बिल्ड क्वालिटी र प्रकृतिबाट प्रेरित सौन्दर्यले थप परिष्कृत बनाएको छ । फोटोग्राफीका लागि यो डिभाइसमा ५० एमपी + २ एमपी रियर क्यामेरा सिस्टम उपलब्ध छ, जसले दैनिक जीवनका महत्वपूर्ण क्षणहरूलाई स्पष्टता र गहिराइका साथ कैद गर्न सहयोग गर्छ ।

लन्चको अवसरमा ओप्पोले ओप्पो ‘ए सिक्स एस प्रो’ ८ जीबी + २५६ जीबी खरिद गर्ने ग्राहकहरूका लागि २–महिने रिप्लेसमेन्ट पोलिसी पनि उपलब्ध गराएको छ । यो अफर जुलाई ३, २०२६ देखि अगस्ट २, २०२६ सम्मको प्रवद्र्धनात्मक अवधिमा डिभाइस खरिद गर्ने ग्राहकहरूका लागि लागु हुनेछ । योग्य ग्राहकहरूले पोलिसीका शर्तहरूअनुसार सेप्टेम्बर २, २०२६ सम्म रिप्लेसमेन्ट सुविधा दाबी गर्न सक्नेछन् ।

ओप्पो ’ए सिक्स एस प्रो’ ८ जीबी + २५६ जीबी अब नेपालभरका आधिकारिक रिटेल स्टोरहरूमा रु. ५६,९९९ को आधिकारिक मूल्यमा उपलब्ध छ । ग्राहकहरूको सहजताका लागि यो डिभाइस सुविधाजनक ईएमआई विकल्प सहित पनि उपलब्ध छ ।

शक्तिशाली ब्याट्री, अल्ट्रा–फास्ट चार्जिङ, हाई–रेजोलुसन अल्ट्रा–वाइड सेल्फी क्यामेरा, स्मुथ एमोलेड डिस्प्ले, प्रिमियम डिजाइन, फ्ल्यागशिप–स्तरको टिकाउपन र भरपर्दो प्रदर्शनका साथ ओप्पो ‘ए सिक्स एस प्रो’ले आफ्नो सेग्मेन्टमा प्रिमियम स्मार्टफोनका लागि नयाँ मापदण्ड स्थापित गरेको छ । साथै, यसले नेपाली उपभोक्तालाई नवीन प्रविधि र उत्कृष्ट मूल्य प्रदान गर्ने ओप्पोको निरन्तर प्रतिबद्धतालाई थप बलियो बनाएको छ ।
 

शुक्रबार, १९ असार २०८३, १७ : ४३

प्रतिक्रिया