काठमाडौं- महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीलाई उपलब्ध गराइने सुविधाबापतको रकम असार २५ गतेभित्र निकासा गरी भुक्तानी गर्न सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ।
महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुभाषचन्द्र अर्यालका अनुसार उपदान, सञ्चित बिदा र औषधि उपचारबापत पाउने रकम समयमै भुक्तानी गर्न सम्बन्धित कार्यालयहरूलाई पत्राचार गरिएको हो।
कार्यालयको असार १९ गतेको निर्णयअनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम (२) बमोजिम भुक्तानी निकासा गर्न अख्तियारीको अवधि थप गरिएको छ।
यसअघि असार २० गतेसम्म मात्रै भुक्तानी तथा निकासा गर्ने व्यवस्था रहेकामा कर्मचारीले सुविधा रकम समयमै पाउने सुनिश्चित गर्न अवधि बढाएर असार २५ गतेसम्म कायम गरिएको कार्यालयले जनाएको छ।
प्रतिक्रिया