अपडेट

सुनचाँदीको मूल्य घट्यो, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

आइतबार, २१ असार २०८३, १० : ५७

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य ४०० रुपैयाँ र चाँदी १० रुपैयाँले सस्तो भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९० हजार ३०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य तोलाको २ लाख ९० हजार ७०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेर ४ हजार ६०५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य ४ हजार ६१५ रुपैयाँ रहेको थियो । 

आइतबार, २१ असार २०८३, १० : ५७

प्रतिक्रिया