मौद्रिक नीतिको तयारी तीव्र, अर्थ समितिले आज विज्ञसँग छलफल गर्दै

आइतबार, २१ असार २०८३, ११ : ३७

काठमाडौं- आज अर्थ समितिको बैठकमा मौद्रिक नीतिबारे छलफल हुँदैछ ।

आइतबार संघीय संसद्अन्तर्गतको अर्थ समितिको बैठकमा मौद्रिक नीतिबारे छलफल हुन लागेको हो। सिंहदरबारस्थित समितिको सभाकक्षमा बैठक बस्दैछ ।

बैठकमा आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा समेट्नुपर्ने विषयहरूका सम्बन्धमा विज्ञ एवं सरोकारवालाहरूसँग छलफल हुनेछ । त्यस्तै विविध विषयमा पनि छलफल हुने जानकारी दिइएको छ ।

आइतबार, २१ असार २०८३, ११ : ३७

प्रतिक्रिया